राजनीति

अनेरास्ववियूद्वारा खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छान्न माग (विज्ञप्तीसहित)



काठमाडौँ, २५ असार । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले सबै विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट छान्न माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई मंगलबार अनेरास्ववियूका कार्यबहाक संयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले मागपत्र बुझाएको हो। मागपत्रमा विश्वविद्यालय राजनीतिक खिचातानी र भागवण्डाको क्रिडास्थल बनेकाले समस्या बढेको आरोप लगाइएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका अधिकांश विश्वविद्यालयका पदाधिकारीको म्याद सकिन लाग्दा अनेरास्ववियूले यो माग अघि सारेको हो ।