समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



हेटौंडा, २५ असार । हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ वर्षीय सञ्चलाल प्रजाको मृत्यु भएको हो ।

विद्युतीय लाइनमा मोवाइल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।