काठमाडौँ, २५ असार । देशका धेरै ठाउँमा लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी किनार तथा खोला आसपासमा बसोबास गर्नेहरु सतर्क रहन पनि आग्रह गरेको छ ।
महाशाखाका अनुसार बुधबार बिहान मध्य र पूर्वका धेरै तथा पश्चिमको थोरै ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि पश्चिमको पनि धेरै ठाउँमा पनि पानी पर्ने विभागले अनुमान गरेको छ ।
बिहीबार प्रदेश १, २, ३ र गण्डकी प्रदेशका नदीमा बाढी आउने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा यस अघि पहिरो गइरहने ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार कन्काई, कोशी, कमला, बागमती नदीमा बाढी आउने सम्भावना देखिएको छ । यस्तै, मेची, निन्दा, विरिङ, खाँडो, रातु, गागन, लालबकैया, त्रियुगा, पूर्व राप्ती तथा बुढीखोला, पथरी, सुनसरी खोलामा बाढी आउन सक्ने सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्