Banner News

हिमाल, पहाड र तराई एकजुट भई मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : उपप्रम पोख्रेल



काठमाडौँ, २५ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अतिधेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारु लगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई सुझाव समेत दिनुभयो ।