भक्तपुर, २६ असार । नेपालमा युवाहरुलाई देशको विकास र समृद्धिको यात्रामा अघि बढाई राष्ट्रिय राजनीति तथा देशको मुलधारमा नेतृत्वदायी भूमिका निर्वाह गराउन, क्षमता अभिवृद्धि तथा विकास गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्ले संघिय नुमना युवा सांसदको अभ्यास कार्यक्रम शुरु गरेको छ ।
संविधान सभा अध्यक्ष, पुर्ब सभामुख, नेपाल कम्युयुनिष्ट पार्टी (नेकपा) दलको उपनेता सुवास नेम्वाङ ज्युको प्रमुख आतिथ्यमा आज उद्घाटन भएको हो । उक्त कार्यक्रम भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको कृषि विकास तालिम केन्द्र, बोडेमा उक्त कार्यक्रमको शुभारम्भ गरिएको छ । उपनेता नेम्वाङ्गले संघिय संसदमा गरिने तथा त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराउनुभयो । उहाँले पछिल्लो समयको राष्ट्रिय राजनीतिको बारेमा समेत जानकारी गराउनुभयो ।

उहाँले देशको भाग्य र भविष्य नै युवा पंतिमा रहेको बताउँदै देशको विकास र समिद्धिको ढोका खुल्ला गर्दै आर्थिक तथा सामाजिक रुपान्तरण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
युवा परिषदका कार्यकारी सदस्य stairing committee प्रमुख क्षितिज थेबेको अध्यक्षतामा कार्यक्रम सुरु भयो । नमुना सांसदको औचित्य लगायत युवाहरुको विषयमा कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलले आफ्नो भनाइ राख्नुभयो । साथै उक्त कार्यक्रम २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समापन हुनेछ भने भोली २७ गतेको कार्यक्रममा नेकपाका युवा नेता, पूर्वएदोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतको आतिथ्यतामा हुने आयोजनकले जनाकारी दिएको छ ।











प्रतिक्रिया दिनुहोस्