बिशाक्त च्याउ खाएर बिरामी परेपछि मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङस्थित बिकट गाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचार गरिएका अर्का बालकको पनि बिहिबार साँझ मृत्यु भएको छ ।
च्याउ खाएका १३ दिनपछि ७ बर्षीय सोमसिं चेपाङको पनि मृत्यु भएको हो । बिशाक्त च्याउ खाँदा एकै घरका ४ जना बिरामी परेकामा सोमसिं सहित अन्य ३ जनाको ज्यान गइसकेको छ ।
बिशाक्त च्याउ सेवनपछि १३ बर्षीया बुन्जीमायाँको घरमै मृत्यु भएको थियो । उनका दाजु १९ बर्षीय बर्दलाल, भाई ७ बर्षीय सोमसिं र बुवा ४८ बर्षीय दिपबहादुरलाई बिरामी अबस्थामा गाउँबाटै हेलिकप्टरमार्फत उद्धार गरी चितवनको भरतपुरस्थित अस्पतालहरुमा उपचारका लागि ल्याइएको थियो ।
उपचारमा ल्याइएकामध्ये १९ बर्षीय बर्दलालको पनि केहीदिन अघि मृत्यु भएको थियो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्