राजनीति

विप्लव समूहको सेक्रेटरी पक्राउ



चितवन, २७ असार । विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ परेकी छन् ।

सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती घर भएकी खड्कालाई बिहीबार चितवनको भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् ।

उनी विप्लव समूहको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक भएर काम गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।