विचार/ब्लग

स्वास्थ तथा शारीरिक शिक्षा किन ?



जनतालाई स्वस्थ सिकाउने एक सबल र प्रभावकारी माध्यम स्वास्थय शिक्षा हो । जस्ले जताको ज्ञान, व्यबहार र बानिको अबलम्बनमा सकारात्मक सुधार गर्दछ ।साथै स्वास्थ सङ्ग सम्बन्धि विविध पक्षको बारेमा जानकारी दिन्छ । जस्तै प्रजनन स्वास्थय, रोग बारे जानकारि , प्रथामिक उपचार,स्वस्थगत बानी व्यबहार लगायतका थुप्रै पक्ष ।

नेपाल जस्तो बिकासको गति चढ्दै गरेको देश जहाँ बर्सेनि हजारौ मानिस सरुवा रोगकै कारण ज्यान फाल्न बाध्य छन । स्वास्थय सेवा एक कल्पना बनेको छ । यो समयमा उनिहरुलाई स्वास्थ रहन सिकाउने माध्यम स्वास्थ शिक्षा हो । बिकसित देशमा स्वस्थ्य सेबा किल्निकल मेडिसिन, पब्लिक हेत्थ हुदै कमिनिउटी हेल्थको अबधाराण आई सक्दा नेपाली जनता हात धुन जान्दैन्न ।पब्लिल हेल्थको औलामा गन्न सकिने प्रगती छ । त्यस्तो अबस्थामा स्वास्थय शिक्षा अर्को बिकल्प हुन सक्दैन ।

यसरी स्वास्थ शिक्षालाई गाउँ बस्ती र दुर दाराजमा पुर्याउने एक सबल माध्यम हो । बिधालय उमेरका बालबालिकामा स्वास्थ शिक्षा अनिबार्य गरि पठनपाठन गराउनु । किन कि सबै भन्दा छिटो कसैले अभिभावक को स्वास्थ सम्बन्धि बानी व्यबहार परिबर्तन गराउन सक्छ भने त्यो बिधालय उमेरकै बालबालिका हुन्न ।

हामी आफ्नै बिगत र बाल्यकाल स्मरण गर्न सक्छौ , शिक्षकले कक्षा कोठामा साबुन पानीले हात धोएर मात्र खाना खानु पर्छ भनेर पढाएको दिन हामी घरमा रोइ कराई जिद्दी गरेर भए नि साबुन किन्न लगाउथियौ र हात धुन्थियौ । हामिले हाम्रो अभिभावकलाई जसरी स्वस्थकर बानी व्यबहार अपनाउन कर गर्थियौ अहिलेका बालबालिका त्यो भन्दा दुईगुणा बढि जोड दिएर गर्ने छन् किन कि उनिहरु सन्चारको बिकसित युगमा जन्मेका छन् ।

यसरी बालबालिकाको माध्यम बाट ब्यक्तिको स्वस्थ्यकर बानी व्यवहार परिबर्तन गाराउने सक्ने स्वास्थ्य तथा शारीरिक शिक्षा बिषयलाई पाठ्यक्रममा आधारित बनाउन शिक्षा पद्धति योजनाको सिफारिसमा बि स २०२८ सालामा स्वास्थ तथा शारीरिक शिक्षा को एकीकृत पाठ्यक्रम तयारपारी बिधालयमा लागू गरियो र अध्यान अध्यापन सुरु गराइयो । समयको माग र स्वास्थ शिक्षाको आबस्यकतालाई मध्यनजर गर्दै बि.स.२०५३ मा स्नातकोत्तर र स्नातकोत्तर अनि बि.स. २०७३ मा स्वास्थ शिक्षा बिषयमा एम फिल गर्ने ब्यबस्था भै आएको देखिन्छ ।

यसरी संबंधित (स्वास्थ तथा शारीरिक शिक्षा) बिषयमा १०ं२, स्नातक, स्नातकोत्तर र एमफिल गरेका ब्यक्तिको एक प्रमुक इक्छा, सपना भनेको स्वास्थ तथा शारीरिक शिक्षाको शिक्षक भै शिक्षण गर्ने र स्वास्थय सम्बन्धि व्यबहार परिबर्तन गराउन ठूलो योगदान दिने रहेको हुन्छ । यसरी सपना बोकेका ब्यक्ती शिक्षक सेवा आयोग द्वारा लिइने अध्यापन अनुमती पत्रको पर्खाइमा हुन्छन ।

पछिल्लो समय शिक्षक सेवा आयोग ले २०७५र३र२ गते दर्खास्त आह्वान गरेको अध्यापन अनुमती पत्रमा स्वास्थ तथा शारीरिक शिक्षा बिषय लाई न त बिषयगत रुपमा अध्यापन अनुमति पत्र लिने ब्यबस्था छ न त कुनै बिकल्प नै । यसरी लाखौ लगानी लगाएर जनताको स्वस्थ्यकर बानी व्यबहारमा सुधार ल्याउने प्रणगरेका करिब दुई लाख पचास हजार भन्दा बढी युवाको सपनाको धज्जी उडाउदै कसरी स्वस्थ्य र समुन्नत समाजको निर्माणको सपना देखिरहे छ यो नीति र नियमले प्रश्न चिन्ह खडा भएको छ ।

स्वास्थ तथा शारीरिक शिक्षा बिषयलाई अन्य बिषयमा गाभेर पढाउने केही निजि बिधालयको प्रयास देखिएको भने हो । स्मरण रहोस गोरुको काम खसिले गर्दैन । स्वास्थ पढेर उक्त बिषयमा खोज र अनुसन्धान गरेका ब्यक्तिले त्यस्को मर्म र स्पर्श अनुसार पढाउन सक्दछ हेर्दा सरल र सहज देखिने यो बिषय प्रत्यछ जीवन स्वास्थ सङ्ग सम्बन्ध राख्ने भएकाले पनि सबै भन्दा कठिन हो । तपाइले उत्पादन गर्न खोजेका बैज्ञानिक,डाक्टर,इन्जिनियर,राजनितीज्ञ लगायतका दक्ष अर्धदक्ष र अदक्ष जनशक्ति उत्पादनको प्रमुख स्रोत हो स्वास्थ्य शिक्षा । यी जनसक्तिलाई स्वस्थ्य राख्न सघाउछ र तपाईको समुन्नत समाज निर्माणको नारा प्रभाबकारी गर्न सघाउ पुगाउदछ ।

तर्सथ सम्बन्धि बिषयको बिषयगत अध्यापन अनुमती पत्र खुलाई स्वास्थ्य शिक्षाको माध्यबाट स्वस्थ समाज निर्माणमा जुट्न सक्ने बाताबरण तय गर्नुस । स्मरण रहोस सिटामोल सजिलै नपाइने कुना कन्दरामा सिटमट खानु न पर्ने अबस्था श्रीजना गर्ने काम स्वास्थ शिक्षाले गर्ने हो । यसरी यस्तो प्रभाबकारी शिक्षण गर्ने कार्य सोही बिषयमा आबस्यक बिषयको ज्ञान भएको ब्यक्तिले मात्र सक्दछ ।

समुन्नत समाज सुखी नेपालि को नार्स्स बोकि रहदा स्वास्थ्य तथा शारीरिक शिक्षालाई पुर्बाग्रह गरेर गैन्छ भने बाघ सिकार गर्न जानेले स्यालको सिकारको जोहो गर्नु जस्तै हुन पुग्दछ ।

@के आर पाण्डुलिपि 
लेखक त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र सन्कायमा स्वास्थ शिक्षा बिषय लिई स्नातकोत्तर अध्यान गर्दै हुनुहुन्छ ।