समाचार

अबैध कपडा बरामद



मकवानपुर, २७ असार । मकवानपुरमा दुई लाख मूल्य बराबरको कपडा प्रहरीले  बरामद गरेको छ ।

बिहीबार प्रहरीले रातोमाटेबाट ना ५ ख १७४० नं. बसलाई रोकी चेकजाचँ गर्दा बसको डिकिमा २००० पिस सेन्डो गन्जीको अन्दाजी २ लाख बजार मूल्यको कपडा बरामद गरिएको हो ।

प्रहरीले बरामद कपडा राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।