Banner News

‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार’बाट आयुष पुरस्कृत



काठमाडौँ, २७ असार । स्व.बासुदेव कोइराला मुनालको ७०औं जन्मजयन्तीको अवसरमा आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरेका छन । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो ।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए । स्व. मुनालले ‘हाम्रा शत्रु (बाल चित्रकथा संग्रह)’, ‘पि पि गर्छ बाजा (बालगीत संग्रह)’, ‘घैँटोमा घाम (बालनाटक संग्रह)’, ‘हराएको हात (बालकथा संग्रह)’ लगायतका बाल साहित्यिक पुस्तकहरु पनि प्रकाशित गरेका थिए ।

उनको ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।