समाचार

बाढीका कारण झापामा २ जनाको मृत्यु, एक बेपत्ता



झापा, २८ असार । अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ ।

यस्तै खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।