राजनीति

काँग्रेस सभापतिद्वारा कर्मचारीमाथि हातपात



हुम्ला, २८ असार । नेपाली काँग्रेसका सभापति जयपति रोकायाले शिक्षा विकास तथा समन्वय शाखाका कर्मचारी कालीबहादुर छत्यालमाथि हातपात गरेका छन् ।

नियम विपरीत शिक्षकलाई सरुवा गरेको भन्दै शिक्षा विकास तथा समन्वय शाखाका कर्मचारी माथि हातपात भएको छ । कर्मचारीले नियम मिचेर मनपरी गरेको भन्दै नेपाली काँग्रेसका सभापति रोकायाले शिक्षा विकास तथा समन्वय शाखाका कर्मचारी छत्यालमाथि हातपात गरेको शिक्षा विकास तथा समन्वय शाखाका प्रमुख वर्ष फडेराले बताउनुभयो ।

शिक्षा इकाई प्रमुख समक्ष दिएको निवेदनमा निमित्त प्रमुख फडेराले जिल्ला शिक्षा समितिमा पेस गर्ने तोक लगाएका छन् । तर जिल्ला शिक्षा समितिको बैठकै नबसाली समन्वय इकाईले कानुन विपरीत निज शिक्षक साउदलाई उनले माग गरेको विद्यालय भन्दा फरक गौरीशङ्कर प्रा।वि। माथिल्लोपालिमा असार २६ गतेको मितिमा सरुवा गरेका छन् ।

नेपालको कानुन अनुसार कुनै शिक्षक वा कर्मचारी स्थायी भएको एक वर्षसम्म परीक्षण कालको समय हुन्छ । यस अवधिमा पोष्टीङ्ग भएको स्थानबाट अन्यत्र सरुवा गर्न मिल्दैन तर रारा आधारभूत विद्यालयका शिक्षक दन्त साउदलाई स्थायी भएको ३ महिनामै सरुवा गर्न खोजिएपछि पनि विवाद भएको हो ।