Banner News

मन्त्री–सचिवलाई प्रधानमन्त्रीको निर्देशन : कार्यशैली सुधार्नुस्



काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा ढिलासुस्ती भएको र समन्वय नभएको भन्दै कार्यशैली सुधार्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

बिहीबारबाट सुरु मन्त्रालयहरुको वार्षिक समीक्षा सकिएपछि शुक्रबार उहाँलेले यस्तो कार्यशैलीले सरकारको लक्ष्य हासिल हुनसमस्या पर्ने भन्दै असन्तुष्टि जनाउनुभयो ।

ओलीले केही योजनाको उदाहरण दिएर सचिवहरुलाई प्रश्न गर्नुभयो, ‘यत्रो समय भयो मेलम्चीमा धोका भयो, सिक्टामा किन ढिलाइ भइरेहको छ ? काठमाडौं सफा बनाउने कुरा अहिलेसम्म किन हुन सकेन ?’

उहाँले मन्त्री र सचिवहरुको समन्वय पनि पर्याप्त नभएको भन्दै आपत्ति जनाउनुभयो । समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।