राजनीति

प्रादेशिक रोजगारमेला बिराटनगरमा शुरु हुँदै : पाँच हजार आवेदन



विराटनगर, २८ असार । पहिलो प्रादेशिक रोजगार मेला शनिबार बिराटनगरमा हुँदैछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रोजगार मेलामा ५ हजार ६० जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

प्रदेशका बिभिन्न औद्योगिक प्रतिष्ठान तथा व्यावसायीक क्षेत्रमा एक हजार ४ सय ३७ जनाको माग आएको छ । सबैभन्दा बढी मिलिङ म्यान, वेबिङ अपरेटर, काष्टिङ वर्कर्सको माग रहेको छ । त्यस्तै सेक्युरिटि गार्ड, शिक्षक, सुपरभाइजर तथा लुम अपरेटर, लेखापाल, डिजाइन मास्टर, विद्यालयको लागि प्रिन्सीपल, उद्योगका लागि म्यानेजर, मेकानिकल इन्जिनियर र स्टाफ नर्स समेतको माग आएको सामाजिक विकास मन्त्रालयका श्रम तथा रोजगार शाखा प्रमुख सदानन्द भट्टराईले जानकारी दिनुभयो ।

मेलाबाट न्युनतम पनि ५ सयले रोजगारी पाउने मन्त्रालयको भनाइ छ । रोजगारीका लागि प्रदेश १ का १ सय २३ वटा स्थानीय तहबाट युवा बेरोजगारले फर्म भरेका छन् ।