झापा, २९ असार । झापामा बनियानी खोलामा चिप्लिएर खस्दा एक बालकको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका-५ सालमारा स्थित बनियानी खोलामा चिप्लिएर खस्दा सोही नगरपालिका-१० बानडाँडा बस्ने देबि प्रसाद चापागाईका ९ वर्षीय छोरा सौगात चापागाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्