अर्थ

मौद्रिक नीति साउन पहिलो साता



काठमाडौँ, २९ असार । आगामी वर्षको मौद्रिक नीति साउन पहिलो साता मात्र आउने भएको छ । राष्ट्र बैंकले केही दिनदेखि मौद्रिक नीतिमा छलफल गराइरहेको छ ।

मौद्रिक नीति विशेष कान्तिपुर राउन्ड टेबल कार्यक्रममा राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले आगामी मौद्रिक नीतिमा बाह्य क्षेत्रलाई बलियो बनाउने विभिन्न आयामको खोजी गर्ने बताए ।

बढ्दो व्यापार घाटा नियन्त्रणमार्फत शोधनान्तर घाटा कम गर्न बाह्य क्षेत्र सुधार हुने नीति समेट्न लागिएको उनको भनाइ छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।