समाचार

अविरल वर्षाका कारण हालसम्म ६० जनाको मृत्यु (सूचीसहित)



काठमाडौँ, २९ असार । अविरल वर्षाका कारण हालसम्म देश भर ६० जनाको मृत्यु भएको छ ।

बेलुकी १६:३० बजे सम्मको जानकारी अनुसार अविरल वर्षाको कारण हालसम्म ६० जनाको मृत्यु भएकोमा महिला २४, पुरुष ३६ रहेका छन् । त्यस्तै ३८ जना घाईते भएका छन् जसमा महिला १७, पुरुष २१ रहेका छन् । २६ जना बेपत्ता भएका छन् जसमाा महिला १२, पुरुष १४ रहेका छन् । एक हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।