काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओली जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएको बताएका छन ।
आइतबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् ।
ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको बताउदै उनले भने, ‘नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ।’ ‘जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ ।, ‘यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।’
सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको बताउदै उनले भने, ‘हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन् । ‘हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।’










प्रतिक्रिया दिनुहोस्