वीरगञ्ज, ३० असार । वीरगञ्जबाट विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने दुई जना पक्राउ परेका छन ।
विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाइरहेको अवस्थामा वीरगञ्ज महानगरपालिका ७ का ३१ बर्षका आशिषकुमार वर्णवाल र वडा नं.१९ का २१ वर्षका निरज तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपलिका ६, माईस्थानबाट आइतबार अपरान्ह नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्