चितवन, ३१ असार चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् ।
सोमबार साँझ काठमाडौँबाट नारायणगढतर्फ गइरहेको ग१ख ५३५५ नंको माइक्रोबस भरतपुर महानगरपालिका–१ स्थित आँपटारीमा अनियन्त्रित भई पल्टिँदा माइक्रोबसमा सवार सात घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते हुनेहरुमा रत्ननगर नगरपालिका–२ का २५ वर्षीय रञ्जना तिमल्सिना, भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका–६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत, काठमाडौँ महानगरपालिका–३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय सन्दीप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।
उनिहरुमध्ये रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेको छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।माइक्रोबसको चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्