काठमाडौँ, ३१ असार । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँचरपाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चाररचार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीनरतीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुईरदुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एकरएक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् ।
बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीनरतीन, महोत्तरी र मकवानपुरमा दुईरदुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक/एकजना बेपत्ता भएका छन् ।
विपद्मा परी ३९ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्