काठमाडौँ, ३१ असार । मेगा बैंक नेपाल लिमिटेडले हङकङ, युएई र जोर्डनमा मेगा रेमिटको सेवा विस्तार गरेको छ ।
बैंकले एकै पटक तीन वटा मुलुकमा मेगा रेमिट सेवा विस्तार गर्दै हङकङबाट इ–पे लिमिटेडबाट मेगा रेमिटमा नेपाल रकम पठाउन सक्ने जनाइएको छ ।
यस्तै, युएईको सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको छ।
प्रतिक्रिया दिनुहोस्