जनकपुर, १ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्ष बाढी र डुबानको दीर्घकालिनरुपमा समाधान खोज्नु आवश्यक रहेको बताएका छन ।
मंगलबार जनकपुरमा प्रेस संगठन नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले प्राकृतिक विपदको बेला सबैले एकजुट भएर सामना गर्नुपर्ने भन्दै सम्भावित जोखिम तथा राहत वितरणका लागि सबैजना मिलेर अगाडी बढ्नुपर्ने बताए ।
उनले भने, ‘प्रत्येक वर्ष बाढी र डुबान हुन्छ, धेरै मानिसले ज्यान गुमाएका हुन्छन्, सरकारले पनि खोला नाला र सडक मर्मत सम्भार गर्छ, तर पनि डुबान र बाढी आउँछ, मान्छेहरु घरबारविहीन हुन्छन्, यसको लागि दीर्घकालिनरुपमा समाधान खोजौँ ।’










प्रतिक्रिया दिनुहोस्