Banner News

सरकारको लक्ष्य पूरा हुने गरी काम गर्न मन्त्री बाँस्कोटाको निर्देशन



काठमाडौँ, १ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको लक्ष्य पूरा हुने गरी काम गर्न सबै निकायलाई निर्देशन दिएका छन ।

बुधबार आर्थिक वर्षको एकीकृत कार्य योजना सार्वजनिक गर्दै मन्त्री बास्कोटाले देश र जनताप्रति उत्तरदायी भई सरकारको घोषित सबै लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायका कर्मचारीलाई निर्देशन दिएका हुन ।

मन्त्री बांस्कोटाले एउटा निकायले मात्र पनि गल्ति गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ सचेत रहन कर्मचारीहरुलाई आग्रह गरेका छन ।

मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।