विराटनगर, २ साउन । मोरङमा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु र भएको १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
मृतक र घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्