समाचार

होटेलमा एक जना झुन्डिएकाे अवस्थामा मृत फेला



दाङ, ३ साउन । दाङमा होटेलमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुरको मानसरोवर होटेलमा बाँके कोहलपुरका २७ बर्षीय रमेश हमाल होटेको झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हमाल संगै होटेलमा रुकुमकी एक युवती होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । युवतीलाई  प्रहरीले  नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ती युवती दलित समुदायकी हुन । उनले यो भन्दा अगाडि मृतक हमाल संग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैंया लगेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उक्त घटनावारे थप अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ ।