काठमाडौँ, ४ साउन । भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ ।
भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना ठूला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् ।
जिल्लाका कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर (६.४९ प्रतिशत) जमिनमात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ ।
७४ हजार १३२ हेक्टर जमिन (कूल जमिनको ३०.७३ प्रतिशत) जमिन खहरे र बाढीबाट सधैं जोखिममा छन् । त्यस्तै ६३ प्रतिशत जमिन (५१ हजार हेक्टर) भूक्षयका कारण उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका प्रर्वप्रमुख पुष्पराज थापाले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्