काठमाडौँ, ४ साउन । काठमाडौँको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सञ्जय ठकुरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
घाइते भएका स्कुटर चालक काठमाण्डौ बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारको क्रममा शनिबार बिहान नेसनल अस्पताल कलंकीमामृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको अहिले ट्रमा सेन्टरमै उपचार भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्