विश्व

भारतीय कांग्रेसको वरिष्ठ नेता शीला दीक्षितको निधन



दिल्ली, ५ असार । भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ वर्षमा शनिबार निधन भएको छ ।

शनिबार बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ती गरिएको थियो । अस्पतालका निर्देशक डा. अशोक सेठले उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
शीला दीक्षित १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी थिइन् । लोकसभा चुनावअघि पार्टीले उनलाई दिल्लीको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।

उनको अन्तिम संस्कार आइतबार निगम बोध घाटमा गरिने जानकारी दिइएको छ । केजरीवाल सरकारले दुई दिन दिल्लीमा राजकीय शोक मनाउने घोषणा गरेको छ ।