काठमाडौँ, ६ साउन । चर्चित अभिनेत्री मिथिला शर्माले फिल्म ‘आमा’मा अभिनय गर्ने भएकी छिन ।
दिपेन्द्र के खनालले निर्देशन गर्ने फिल्ममा अभिनेत्री मिथिलाले साउन ११ गतेबाट सुटिङ सुरु गर्नेछिन् ।
उक्त फिल्मको शुभसाइतमा कलाकार सूर्यमाला खनालले आमाको भूमिकामा काम गर्ने घोषणा गरिएको थियो । उनको असोजमा अमेरिका जानुपर्ने भएकाले सूर्यमालाले निर्वाहा गर्ने भनिएको भूमिका कलाकार मिथिला शर्माले निर्वाहा गर्नेछिन् ।
फागूणको ९ गतेबाट रिलिज हुने फिल्ममा मिथिला आमाको भूमिकामा देखिनेछिन् भने छोरीको भूमिकामा सुरक्षा पन्तले काम गरिरहेकी छिन् ।










प्रतिक्रिया दिनुहोस्