काठमाडौँ, ६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत गुठी रहेको बताएका छन ।
सोमबार काठमाडौँमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।
उनले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको बताए । गरिब, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तर्गत भत्ताको समेत व्यवस्था गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्