काठमाडौँ, ६ साउन । काठमाडौंको कागेश्वरी नगरपालिका-२ ठुलो ढिकबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
आइतार साँझ स्थानीय राजेन्द्र बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ आलपोट का ६४ वर्षीय चन्द्र बहादुर खड्का सहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट ७३ हजार रुपैयाँ र १ बुक ताससमेत फेला परेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्