काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई स्मरण गर्दै उनको सपना पछ्याउँदै समृद्ध नेपाल बनाउन अग्रसर रहने बताएका छन ।
पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटमार्फत श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन, ‘नेपाली समाजको चारित्रिक विशेषताको वस्तुनिष्ठ विश्लेषण गरी कम्युनिस्ट आन्दोलनलाई वैचारिक जग प्रदान गर्दै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको नेतृत्व गर्नुभएका संस्थापक महासचिव श्रद्धेय पुष्पलालको स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । ‘उहाँले स्थापना गर्नुभएको पार्टी सामाजिक न्याय सहितको समृद्धिको नेतृत्व गरिरहेको छ । ‘यस अभियानलाई सार्थक बनाउँदै पुष्पलालप्रतिको सम्मानलाई उचाइँमा पुर्याउन हार्दिक आह्वान गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्