राजनीति

संसदमा बाढी पहिरोसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौँ, ८ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले र राष्ट्रिय जनता पार्टीले संयुक्त रुपमा बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने भन्दै सांसद रिजालले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाउनुभयो । दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको आरोप लगाउनुभयो ।