गुल्मी, ९ साउन । सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा सोमबार राति पहिरोबाट विस्थापित भएका परिवारको अवस्था बुझ्न गएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको टोली घाइते लिएर काठमाडौँ फर्किएको छ ।
सत्यवती–४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई राहत लिएर आएको हेलिकप्टरमा उपचारका लागि काठमाडौँ ल्याइएको हो । घाइतेको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा दुवै जनाको उपचार भैरहेको छ ।

यस्तै पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा राहत सामग्री पुर्याइएको छ । पानी परेपछि पोखरामै रोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले राहत पुर्याएको हो । पहिरो प्रभावितलाई २० क्विन्टल चामल, २० क्विन्टल दाल, चिउरालगायत राहत सामग्री पुर्याएको हो ।
प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।











प्रतिक्रिया दिनुहोस्