राजनीति

सानो थिमी क्याम्पसका प्राध्यापक निरन्तर आन्दोलनमा : क्याम्पस प्रमुखलाई प्रवेश रोक



काठमाडौँ, ९ साउन । पछिल्लो समय व्यापक मात्रामा विरोध भइरहेको सानो थिमी क्याम्पसका प्राध्यापकहरु निरन्तर आन्दोलनमा उत्रिएसँगै क्याम्पस प्रमुख रामचन्द्र घिमिरेलाई क्याम्पस प्रवेशमा रोक लगाइएको छ ।

क्याम्पस प्रमुखले भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै करिव ५० जना भन्दा बढ़ी प्राध्यापकहरु प्रमुखको विरुद्धमा उत्रिएका हुन । साउन २ गते देखि क्याम्पस प्रमुख क्याम्पसमा प्रबेश गर्न दिइएको छैन । दैनिक करिव५० जना प्राध्यापकहरु क्याम्पस प्रमुखलाई प्रबेश गर्न नदिन खटिरहेको बताइएको छ ।

साउन ८ गते त्रि.वि.वि. शिक्षा शास्त्र सङ्काय सानोठिमी क्याम्पसका भ्रष्ट क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको राजिनामा माग गर्दै गरिएको आन्दोलनको २६ औँ दिन र क्याम्पस प्रवेश निषेधको धर्ना कार्यक्रमको ९ औँ चलिरहेको छ ।