Banner News

अवसरवादको कुनै गन्ध नभएको नेता कर्माचार्य : अध्यक्ष दाहाल



काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य अवसरवादका कुनै पनि गन्ध नभएको नेताको रुपमा आफूलाई स्थापित गरेको बताएका छन ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा नेता नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘नरबहादुर कर्माचार्य जीवनभर आफूलाई कम्युनिस्ट आन्दोलनकोनिम्ति समर्पित गर्नुभयो, माक्र्सवादी सिद्धान्तमा उभ्याइराख्नुभयो । कुनै खाले बिचलनतिर सोच्नुभएन । बैचारिक र आन्दोलनप्रतिको निष्ठा र निरन्तरता कर्माचार्यको बिशेषता हो ।’

अध्यक्ष प्रचण्डले  भने,  ‘अवसरवादको कुनै गन्ध नभएको नेता हुनुहुन्थ्यो नरबहादुर कर्माचार्य । अहिले धेरै खालका बिसंगतिहरु, बिकृतिहरु देख्न सकिन्छ अहिल कम्युनिष्ट आन्दोलनभित्रै । तर कमरेड नरबहादुर कर्माचार्य ती सवैबाट माथि हुनुहुन्थ्यो ।

‘जनयुद्धको सम्पुर्ण तयारी नरबहादुर कर्माचार्यकै घरबाट गरेको हो, अव यो युद्धमा हाम फाल्यो भन्ने जानकारी र मारिन्छन कि भन्ने चिन्ता पनि उहाँले गर्नुभएको थियो ।’