राजनीति

अपरिचितको फोन नउठाउन दूरसञ्चार प्राधिकरणको आग्रह (सूचना सहित)



काठमाडौँ, ९ साउन । अपरिचित विदेशका नम्बरबाट फोन तथा मिसकल्ड आउने गरेकाले फोनहरू हत्तपत्त नउठाउन नेपाल दूरसञ्चार प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ । पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ ।

प्राधिकरणका अनुसार, यसरी विदेशबाट आउने कललाई प्राविधिक भाषामा Wangiri Scam (One Ring Scam)  भनिन्छ । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ ।

सूचना