एजेन्सी, १० साउन । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच जना मृत्यु भएको छ ।
बिहीबार पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहान ८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले एक बसलाई लक्ष्यगरी विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताएक छन ।
सो आत्मघाती विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएसगै बस खनिज र पेट्रलियम मन्त्रालयसँग आवद्ध भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
काबुलमा नै एक कारबमसहित दुइ बम विस्फोट भएको छ । यस दुई बम विस्फोटको विस्तृत विवरण प्राप्त नभएको र यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि नलिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्