रोचक

मान्छे र सर्पबीच टोकाटोक हुँदा दुवैको मृत्यु



एजेन्सी । भारतमा मान्छे र सर्पबीच टोकाटोक हुँदा दुवैको मृत्यु भएको छ ।

गुजराँतस्थित महिसागर जिल्लामा एकजना व्यक्तिलाई सर्पले डस्यो । जुन सर्पले उनलाई डस्यो, ती व्यक्तिले सोही सर्पलाई दाँतले टोकेर चपाइदिए ।

गत शनिबार दिउँसो स्थानीय अजनवा गाउँको एक खेतमा ६० वर्षका पर्वत गाला नामका व्यक्ति काम गरिरहेका बेलामा एउटा विषालु सर्प देखापर्यो । उनले उक्त सर्पलाई समाते । त्यसपछि सर्पले उनको हात तथा अनुहारमा डस्यो ।

आफूलाई साँपले डसेपछि ती व्यक्तिले सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए । सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगि त्यहाबाट अर्को ठूलो अस्पतालमा रिफर गरियो । त्यतिबेला सम्म उनको सरीरमा सर्पको विष फैलिसकेकाले उनको मृत्यु भयो ।