काठमाडौँ, १३ साउन । बालुवाटार जग्गा प्रकरणमा छानविनमा परेका नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन ।
प्रहरीका अनुसार आइतबार श्रेष्ठले बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन ।
उनको उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिए लगत्तै मृत्यु भएको हो । मृतक श्रेष्ठ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्दा श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए ।
सोही प्रकरणमा उनलाई अख्तियारले बयान लिइरहेको थियो । अख्तियारले बयानमा बोलाएपछि निकै तनावमा रहेका श्रेष्ठले अन्तत आज सिटी सेन्टरबाट हाम फालेर ‘आत्महत्या’को बाटो रोजेका हुन । अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन । श्रेष्ठ लाइन्स क्लव अफ डिष्ट्रिक ३२० बी वानको पूर्वगभर्नर समेत हुन ।










प्रतिक्रिया दिनुहोस्