समाचार

यात्रुबहाक विंगरले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु



जनकपुर, १३ साउन । जनकपुर ढल्केवरमा यात्रुबाहक विंगरले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्युु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

हिजो साँझ जनकपुर ढल्केवर सडकखण्डमा जनकपुरतर्फ जाँदै गरेको ना १ ज ७०२२ नम्बरको यात्रुबाहक विंगरले क्षिरेश्वरनाथ नगरपालिका १० हरैयास्थित ढल्केवरतर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ७२ वर्षीय रामदेव साह, ५० वर्षकी रेखा यादव र अटो रिक्सा चालक २५ वर्षका रोशन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।