राजनीति

आजको प्रतिनिधि सभाको बैठक स्थगीत



काठमाडौँ, १३ साउन‌‌ । आजको प्रतिनिधि सभाको बैठक स्थगीत भएको छ ।

आज दिउँसो १ः१५ बजेदेखि सुरु भएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा सांसदहरू वेलमा पुगेर नाराबाजी गरेपछि स्थगीत भएको हो ।

कांग्रेस र राजपाका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर भन्दै नारावाजी गरेपछि सभामुख महाराले आजको बैठक स्थगीत भएको र साउन १५ गते बुधबार पुन: बैठक हुने बताए ।