राजनीति

नेकपा बैठक बिना निश्कर्ष टुंगियो, अर्को बैठक २८ गते बस्ने



काठमाडौँ, १३ साउन‌‌ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निश्कर्ष टुंगिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यबिभाजन र नेताहरुको जिम्मेवारीमा सहमति जुटन नसकेपछि साउन २८ गते बस्नेगरि स्थगित भएको हो ।

बैठकले राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, निकाय, विभाग, जनसंगठनलगायत विषयमा सबैको भावना बुझ्न र निर्णय गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए  ।

नेकपाका ३३ मध्ये १८ पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा भने कुनै निर्णय हुन सकेको छैन ।