समाचार

प्रहरीलाई घुस दिन खोज्ने मोटरसाईकल चालक पक्राउ



काठमाडाैँ, १४ साउन । प्रहरीलाई घुस दिन खोज्ने मोटरसाईकल चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्तकाे टोलीलाई बा.३५ प.६१७८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएकाले कारवाही गर्न खोज्दा प्रहरीलाई एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर इमाडोल बस्ने वर्ष २० को संजिव योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।