काठमाडौँ, १४ साउन । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान जाना सकिने भएको छ ।
भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।
निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमले जनाएको छ ।
निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौँ अवतरण गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्