काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लिल वेबसाइट खोलेको भेटिएको छ।
केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामाग्री भेटिएको हो । यो वेभ भने प्रधानमन्त्री ओलीको आधिकारिक वेबसाइट होइन । प्रधानमन्त्री ओलीको वेभसग मिल्दोजुल्दो वेभ कसले खोल्यो भन्ने खुलेको छैन्।
उनको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो । प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको जनाएको छ।
साथै प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले अन्य मिल्दो जुल्दो पेज हेरी भ्रममा नपर्न आग्रह समेत गरेका छन ।











प्रतिक्रिया दिनुहोस्