राजनीति

अध्यक्ष दाहाल यूएई प्रस्थान



काठमाडौँ, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गरेका छन ।

आज बिहान साढे ९ बजे फ्लाई दुबईको उडानमार्फत पत्नी सीता छोरीहरु रेणु र गंगासहित तीन जना नाति–नातिनीसहित युएई प्रस्थान गरेका हुन ।

लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले जनाएको छ ।  युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरि नसकेका प्रचण्ड १८ गते स्वदेश फर्किनेछन् ।