विश्व

जापानमा गर्मीका कारण ११ जनाको मृत्यु



एजेन्सी, १५ साउन । जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको मृत्यु भएको छ ।

जापानी अधिकारीहरुका अनुसार जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट ११ जनाको मृत्यु भएको र गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ ।

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तैे, ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।