काठमाडौँ, १६ साउन । नेपाली कुटनीति क्षेत्रमा रुचि र अध्ययन गर्नेहरुका लागि पढनीय र सन्दर्भ सामाग्रीको अभाव देखिईरहेका बेला राजनीतिक विश्लेषक तथा पत्रकार विष्णु रिजालको संयोजन र सम्पादकत्वमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा जिम्मेवारी वहन गरेका २० जना राजदुतहरुको अनभव समेटेर नेपालको कुटनीति अभ्यास नामक पुस्तक बजारमा आएको छ । यो पुस्तक आफैमा एउटा इतिहास बन्न सक्ने त छदैछ, त्यसमाथि यस क्षेत्रमा खड्किीएको रिक्तता वा अभावलाई केही दिनसम्म पुर्ति गर्ने गरी देखा परेको छ । मुलतः यस पुस्तकले त्यस्ता भेटरान डिप्लोम्याट जसले आफ्ना अनुभवलाई लिपिबद्ध गरेर नयाँ पूस्ताका लागि हस्तान्तरण गर्ने जमर्को गरिरहेको थिएनन् त्यसको अभाव पूरा गरिदिएको त छैन, त्यससँगै कतिपय कुटनीतिकहरुकले आफ्ना अनुभव लिपिबद्ध गर्नुपर्छ भन्ने भावना र प्यास पनि जगाएको देखिन्छ । समयक्रमले यी कुरा हामीले चाहेर पनि गर्ने परिस्थिति नरहन सक्छ । यसर्थ यस सन्दर्भमा पनि पुस्तकले गुण लगाएको छैन ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीका शब्दमा ‘नेपालमा कुटनीतिक अभ्यास’ नामक पुस्तकमा विभिन्न कालखण्ड र परिवेशमा आफ्नो जिम्मेवारी बहन गर्दा नेपालका कुटनीतिज्ञहरुले आर्जन गरेका मुल्यवान अनुभवहरुको महत्वपूर्ण दस्तावेजीकरण हो । अर्थात कुटनितिक अनुभवको आँखिझ्याल हो । परराष्ट्र सचिव शंकरदास बैेरागीका दृष्टिमा विगत र वर्तमान अनुभवसँग लिएको यो प्रकाशन भविष्यका लागि अमुल्य निधि सावित हुनेछ । परराष्ट्रमन्त्री ज्ञवाली र बैरागीका यो भनाईले यो पुस्तकको औचित्यता, आवश्यकता र विवेचनासँगै महत्व कति छन् भन्ने कुरा झल्क्याएको छ । यसभन्दा बढी भनिरहनु पर्छ जस्तो लाग्दैन र ठाँउपनि छैन । तथापी परराष्ट्रमन्त्री ज्ञवालीले भनेजस्तै यो कुटनीतिक अनुभवको आँखीझ्याल मात्र हो अथवा नेपालको परराष्ट्र क्षेत्रको बिगतदेखि वर्तमान सम्म झल्काउने ऐना हो ? यस बिषयमा छलफल, बहस गर्न सकिन्छ । नेपालमा नाम कहलिएका कुटनितिज्ञहरु जस्ले यस बिषयमा पुस्तकमा राजदुत हुँदाको आफ्नो अनुभवमात्र बर्णन गरेका छैनन्, उनिहरुले नेपालको कुटनीति अवस्थाको चित्रण पनि गरेका छन् । जसले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा मात्र होईन, परराष्ट्र मन्त्रालयको व्यवसायीक दक्षता जस्ता विषयमा टड्कारी आवश्यकता औल्याएका छन् । त्यसैगरी परराष्ट्र मन्त्रालयले मिसनहरुप्रति गर्ते व्यवहार, हेर्ने दृष्टिकोण, मन्त्रालय लगाएतका पदाधिकारीहरुको प्रवृत्तिलाई निःसन्देह उजागर गरीरहेका छन् । अधिकांश राजदुतहरुको समान गुनासो देखिन्छ, मन्त्रालयले वास्तै गर्दैन । जापानका लागि नेपालको पूर्वराजदुत केदारभत्त माथेमाले परराष्ट्र मन्त्रालयलाई ‘बल्याक होल’को संज्ञा दिनुभएको छ । जहाँ पसेको कुनै कुरा निस्किन्न । तसर्थ यो पुस्तकको अर्को महत्वपूर्ण पक्ष हो, नेपालको परराष्ट्र नीति कसरी अघि बढाउने अवका दिनमा ? समस्याका गाँठाहरु कहाँ कहाँ छन् ? समाधानका उपाय केके छन् ? परराष्ट्र मन्त्रालय कस्तो बनाउने ? राजदुत भनेको के हो ? राजदुतले कसरी काम गर्नुपर्छ ? किन राजदुत छनौटमा राज्य गंभिर बन्नुपर्छ ? जस्ता साँगोपाँगो रुपमा विभिन्न ढंगले प्रस्तुत छ । यसले राजदुत बनेर जानेहरुका लागि एउटा मार्गनिर्देश पनि गर्दछ ।
त्यस्तै डा. भेषबहादुर थापा जस्ता कुटनीतिज्ञहरुको तारिफ गर्नेहरुका लागि एउटा भेष बहादुर थापा वा केदारभत्त श्रेष्ठ वा उद्धवदेव भट्ट पा लीला प्रसाद शर्मा जस्ता कुटनितिज्ञ जन्माउन केके गर्नुपर्दो रहेछ, कसरी ग्रुमिङ गर्ने र कसरी एक्सपोज दिने भन्ने जस्ता पक्षमा नेतृत्वको ध्यान खिच्ने अवस्थाको सिर्जना पनि पुस्तकले गर्न सक्ने देखिन्छ । पुस्तकमा पात्रहरुको छनौटमा समावेशीता लाई पनि सचेतनाका साथ लिएको पाईन्छ भने देशको राजनीतिक दृष्टिमा विभिन्न कालखण्डलाई पनि समेटेको देखिन्छ । यस सन्दर्भमा एउटा प्रश्न गर्ने ठाँउ महिलाको सहभागिताको सन्दर्भमा रहेको छ । यद्यपी भारतका लागि नेपाललका राजदुत विन्देश्वरी शाहको स्वास्थ्यस्थिति सहज रहेको भए शायद यो प्रश्नको समाधान पनि हुन सक्थ्यो होला । अहिले सम्म शाह बाहेक फ्रान्समा अम्बिकादेवी लुईटेल कार्यकाल सकेर र अष्ट्रेलियामा लक्की शेर्पा राजदुत बनेर फर्किएको देखिन्छ भने पाकिस्तानमा सेवा लम्साल अधिकारी जापानमा प्रतिभा राणा ओमानमा शर्मिला पराजुली ढकाल र ईजरायलमा अन्जान शाक्य राजदुतका रुपमा रहेको पाईन्छ ।
जे होस जंगबहादुर राणको बेलायत भ्रमणबाट शुरु भएको नेपालको कुटनीति अभ्यास पछिल्लो समय नेकपाले नेतृत्व गरिरहेको दुईतिहाईको सरकारले अवलम्बन गरेको त भन्ने विषय पनि यसमा केलाईएका छन् र परराष्ट्रमन्त्री ज्ञवालीले पनि यो विषयमा अत्यन्तै मेहन ढंगले वर्णन गर्नुभएको छ । आफ्ना अनुभव र कामका दौरानमा भोगाईबाट उठेका विषयलाई पुर्वराजदुतले सविस्तार वर्णन गरेका छन् । राजदुतहरुको अनुभव अध्ययनबाट विभिन्न सन्दर्भका महत्वर्पूण सूचनाहरु पनि यस पुस्तक मार्फत प्राप्त गर्न सक्नु पनि यस क्षेत्रमा रुची राख्ने, अध्ययन र अनुसन्धान गर्नेहरुका लागि महत्वपूर्ण पाटो हुनेछ । अनुभव र भोगाईका दृष्टिले यो पुस्तक एउटा जीउँदो तस्वीर हो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान प्रकाशक रहेको यो पूस्तकको धारणाहरु लेखकका नीजि हुन् । तिनले संस्थागत प्रतिनिधित्व गर्दैनन् भनेर पुस्तकमै उल्लेख गरेर चातुर्यतापुर्वक लेखको जिम्मेवारी स्वयम लेखक हरुमाथि राखेर विवादबाट बाहिर रहेको देखिन्छ ।
यो पुस्तक नेपालको कुटनीतिक अभ्यास प्रति रुची राख्ने व्यक्तिहरुका लागि यथार्थ र गहिराईमा बुझ्न महत्वपूर्ण माध्यम त बन्छ नै यसले अहिलेको परिवर्तनको प्रकृयालाई र वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ संकल्पलाई आर्थिक कुटनीतिका माध्यमबाट पूरा गर्न पनि सघाउ पु¥याउने देखिन्छ । नेपालको कुटनीतिक क्षेत्रका नायकहरुले आफ्ना केही भोगाई, केही सूचना र केही तथ्यहरुको यथार्थपरक ढंगले चित्रण गरेका छन् । जसबाट नेपालको समकालिन कुटनीतिक इतिहास केही कालखण्ड, घटनाक्रम र व्यक्तिहरुको खुलासा पनि भएको छ । पठनीय र रुचिकर कृतिका रुपमा रहेको यो पूस्तक वास्तवमै भन्ने हो भने नेपालको कुटनीतिक अभ्यासमा एउटा ज्यूउँदो तस्वीर मात्र नभएर इतिहास पनि मान्न सकिन्छ । इतिहासबाटै मानव सभ्यताको मुल्यांकन हुन्छ । परराष्ट्र सम्बन्धमा हामी आज जहाँ छाँै, त्यहा आईपुग्दा कुनकुन बाटो हिड्यौँ, कसरी हिड्यौ भन्ने कुराको इतिहास यो पुस्तकको अध्ययनबाट जानकारी हुन्छ । जसमा वितेको हिजो लिपीबद्ध छ । हिजोलाई लिपीबद्ध गर्दै तथ्य र प्रमाणका आधारमा उभिएको आख्यान नै इतिहास हो भन्ने विद्धानहरुको भनाईलाई मान्ने हो भन्ने यो पुस्तकलाई पनि एउटा इतिहासका रुपमा लिन सकिन्छ ।
यो पुस्तक यस प्रकृतिको अन्तिम नभएर पहिलो भएको र श्रृंखलाकै रुपमा आउने कुरा परराष्ट्रमन्त्री र पुस्तकका सम्पादकबाट आईसकेको हुँदा आउदा दिनमा महिला राजदुतका अनुभव पनि समेटिने छन् भन्ने आशा गर्न सकिन्छ भने अझ सूचनामुलक हुने विश्वास छ । पुस्तकको सहज उपलब्धतालाई पनि प्रकाशक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सम्पादकले अझ ध्यान दिनुपर्ने देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्